पोखरा ।
विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको महेन्द्रपुलमा मंगलबारदेखि एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको हो । स्टोरको टेलिडाइरेक्ट प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले उद्घाटन गरे ।
महेन्द्रपुल चोकमै सञ्चालनमा आएको सो स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मोनिटरलगायत स्मार्ट होमसम्बन्धी उपकरणहरु अवलोकन तथा बिक्रीका लागि राखिएको स्टोरका सञ्चालक मनोहर श्रेष्ठले जानकारी दिए । ‘यस स्टोरबाट ग्राहकले शाओमीका विभिन्न उत्पादन एउटै स्थानबाट अवलोकन तथा खरिद गर्न सक्ने छन्’–उनले भने ।
कम्पनीले स्मार्टफोन बिक्रीमा मात्र सीमित नरही शाओमीका सम्पूर्ण प्रविधि र उत्पादन उपभोक्तामाझ पु¥याउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याएको जनाएको छ । आधुनिक प्रविधिलाई सर्वसाधारणको पहुँचमा पु¥याउँदै दैनिक जीवन सहज बनाउने शाओमीको अवधारणालाई स्टोरले थप विस्तार गर्ने टेलिडाइरेक्ट प्रालिका कार्यकारी निर्देशक अग्रवालले बताए । प्रालिले यस स्टोरमार्फत खुद्रा बजार विस्तारलाई अघि बढाएको उनले प्रष्ट्याए । उनले भने,‘पोखराकैजस्तो स्टोर हामी अन्य प्रदेशका सहरहरुमा पनि चाँडै खोल्दैछौं ।’
कार्यकारी निर्देशक अग्रवालले शाओमीलाई स्मार्टफोनमा मात्र सीमित नराखी सम्पूर्ण स्मार्ट प्रविधि र उत्पादन उपभोक्तामाझ पु¥याउने लक्ष्यसहित कम्पनी अघि बढिरहेको जानकारी दिए । हाम्रो उद्देश्य स्मार्ट जीवनशैलीका लागि आवश्यक सबै उत्पादन उपभोक्ताको नजिक पु¥याउनु रहेको छ । त्यसका लागि हामी प्रयासरत छौं ।’
स्टोर शुभारम्भको अवसरमा होम अप्लायन्सेसका सामानहरुमा १० प्रतिशत र टिभिमा १५ प्रतिशतसम्म छुट रहेको स्टोर सञ्चालक मनोहर श्रेष्ठले जानकारी दिए । त्यस्तै, मोवाइलमा भने विभिन्न अफरहरु रहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







