माधव नेपाल पक्षद्वारा ओली पक्षलाई काउन्टर दिने समान्तर कमिटी विस्तार


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई काउन्टर दिन समानान्तर कमिटी बनाएको छ ।

शुक्रबार ओलीले नेपाल पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको हो ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।