शिक्षा महाशाखाद्वारा शिक्षकका लागि दुई दिने तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्धारा आयोजित माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकका लागि दिइएको तालिम शनिबार सम्पन्न भएको छ ।

नेपाली र सामाजिक विषयको दुई दिने तालिम पोखरा महानगर भित्रका शिक्षकहरुका लागि आधारभूत सिप अभिवृद्धिका लागि दिइएको हो । महाशाखाले जनप्रकाश मावि भण्डारढिक, कालिका मावि रामबजार, जनप्रिय मावि सिमलचौर र नवीन मावि गैह्रापाटनमा तालिम सम्पन्न गरेको हो ।

तालिमका अनुगमनकर्ता तथा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समाज परिवर्तनको संवाहक र विकासको मेरुदण्ड शिक्षक ,विद्यालय र शिक्षा भएकाले त्यो आधार बलियो बनाउन सो तालिमको आयोजना गरेको बताए ।

तालिमका संयोजक तथा महाशाखाका शाखा अधिकृत बद्री सुवेदीले छोटो अवधिको तालिम भएता पनि जे जति सिकाइ भएको छ,त्यसलाई कक्षाकोठा सम्म पुर्याउन आग्रह गर्दै शिक्षकमा लगानी गर्नु भनेको शिक्षामा लगानी गर्नु हो र यो लगानीले समाज दीगो र सकरात्मक प्रभाव पर्ने बताए ।

सहभागीहरुले दुई दिने तालिम छोटो भएको गुनासो गरेकाले आगामी दिनमा यसमाथि मनन गरिने बताउँदै सक्रिय सहभागिताका लागि सहभागी र प्रशिक्षकलाई धन्यवाद दिए ।

प्रशिक्षकका रुपमा कालिका मावि पोखरा ३३ का प्रधानाध्यापक प्रेम पोख्रेल र सिद्ध माविका सहायक प्रधानाध्यापक जुना थापा रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।