गुल्मेली समाज पोखराको अध्यक्षमा भण्डारी


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित




गुल्मेली समाज पोखराको अध्यक्षमा भानुभक्त भण्डारी (क्षितिज) चयन भएका छन् । समाजको शनिबार पोखरामा सम्पन्न अधिवेशनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नारायणप्रसाद न्यौपाने, उपाध्यक्षमा कमलप्रसाद न्यौपाने, सचिवमा रुक्माङ्गत पोखरेल (विष्णु), कोषाध्यक्षमा कृष्ण ज्ञवाली, सहसचिवमा विक्रम केसी र सह कोषाध्यक्षमा चेतबहादुर घर्ती चयन भएका छन् ।

समितिको सदस्यहरुमा प्रकाश ज्ञवाली, लक्ष्मी पोखरेल, रेखा भण्डारी, प्रकाश पुन, विष्णु विक, सृजना कँडेल, विष्णु पाण्डे, संगीता ढकाल, हेमनाथ ज्ञवाल (हिमाल), अमृता रेग्मी र हुमाकान्त पौडेल चयन भएका छन् ।

समाजको साधारण सभा तथा अधिवेशनको अवसरमा गुल्मी घर भई पोखरा बसोबास गर्दै आएका प्रकाश ज्ञवाली पोखरा प्रज्ञा प्रतिष्ठानको सदस्य भएकोमा बधाईसहित सम्मान गरिएको थियो ।

यसअघी निवर्तमान अध्यक्ष नेत्रलाल ज्ञवालीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव ईन्दु घिमिरे, गण्डकी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक (डिआईजी) घनश्याम अर्याललगायतले समाजको आवश्यक्ता र औचित्यका बारेमा बोलेका थिए ।

कार्यक्रममा रमाइलो बनभोजसमेत आयोजना गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।