साङ्केतिक तस्विर
पोखरा । गण्डकी प्रदेशमा भएका छुट्टा–छुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । सोमबार भएका सवारी दुर्घटनमा तनहुँका तीन जना र बाग्लुङमा एक जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
तनहुँको शूक्लागण्डकीबाट दमौली तर्फ जाँदै गरेको ग १४ प ४७५१ नम्वरको मोटरसाइकलले बाटो काट्ने क्रममा माया परियारलाई ठक्कर दिँदा घाइते भएकी हुन् । तनहुँको भिमाद नगरपालिका–५ बुडुवाकी ६० वर्षिया परियारलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।
यस्तै तनहुँको ब्यास नगरपालिका–१ मुसेखोलामा ट्रक र मोटरसाइकल एक आपसमा जुध्दा दुई जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्र्तगत डुम्रेबाट दमौली तर्फ आउँदै गरेको लु १ ख ९४९९ को ट्रक र बिपरित दिशातर्फ जाँदै गरेको ना ४९ प ९३१० नम्वरको मोटरसाइकल एक आपसमा जुध्दा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकलमा चालक लमजुङको बेशिसहर नगरपालिका–८ का सुबेन्द्र पौडेल र पछाडी सवार सुरचना पौडेल हुन् । घाइते दुबै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, बाग्लुङको सिगाना भन्ने स्थानमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् ।
शनिबार बिहान बाग्लुङको गहतेस्थित सिगानाबाट बाग्लुङ बजार तर्फ आइरहेको लु ४ त ७७९१ नम्वरको ट्याक्टर र ग ४ प ९०२६ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक प्रकाश पुन घाइते भएका हुन् ।
काठेखोला गाउँपालिका–४ घर भएका ३० वर्षिय घाइते पुनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तीनवटै दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकरी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







