नेपालीको बचत गर्ने क्षमता घट्यो, १ सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७७ मा प्रकाशित




विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ।

विभागका अनुसार अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९÷२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले १ सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब ९ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो।

विभागले आधार वर्ष २०१०÷११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो। नयाँ आधार वर्ष अनुसार सन् २०१८÷१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९÷२० मा उपभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो। यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।