लेखनाथ डोजोले १२ औँ स्थापना दिवस मनायो


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७७ मा प्रकाशित




पोखरा । लेखनाथ नेपाल क्योकुशिन कान कराँते डोजोले १२ औँ स्थापना दिवस तथा वार्षिकोत्सव आइतबार मनाएको छ ।

वार्षिकोत्सव पोखरा महानगरपालिका २९ का वडाध्यक्ष चेत बहादुर गुरुङले खेलाडीले कडा परिश्रम गर्नुपर्ने बताए । उनले बसै खेलाडी उत्कृष्ठ हुने गरेर अगाडी बढ्नुपर्ने बताए ।

आज भन्दा १२ वर्ष अघि लेखनाथ पावरहाउसमा नेपाल सिडो कराँतेको डाजोको रुपमा स्थापना भएको थियो । विभिन्न समयमा परिमार्जन हुदै २०७५ सालबाट नेपाल नेपाल क्योकुशिन कान कराँतेको रुपमा लेखनाथमा हाल २ वटा डोजो रहेका छन् ।

विभिन्न क्षेत्रिय र राष्ट्रिय पदक जितेको खेलाडीहरु लेखनाथबाट उत्पादन भएको प्रशिक्षक सुबास खड्काले बताए । हाल लेखनथामा १ सय भन्दा बढि खेलाडी रहेका छन् । विभिन्न प्रतियोगितामा खेलाडीले सहभागीता जनाउदै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।