सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहले लिएको छ ।
आइतबार दिउँसो अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका हुन् । ‘तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै रहे अझ ‘उच्चस्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनुपर्ने चेतावनी दिइएको छ ।
दिउँसो १ बजे तिर भएको विस्फोटमा ८ जना घाइते भएका छन् । घाइते मध्य सिराहको धनगढीमाई नगरपालिका–४ का ३० वर्षिय दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि आजै नेपाली सेनाको हेलीकोप्टर मार्फत काठमाण्डौं रिफर गरिएको छ । विष्फोटमा परि गम्भीर घाइते भएका उनको तिघ्रामा चोट लागेको छ ।
गोइत समुहले राखेको कुकर बम विष्फोट हुँदा घाइते भएका मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगरको लहान स्थित सप्तऋषि अस्पतालमा उपचार भइरहको छ ।
यस्तै गोलबजार नगरपालिका–६ बस्ने ३५ वर्षीया लक्ष्मी राणा, सोही ठाउँ बस्ने ३५ वर्षीया बेचनी मगर, लहान नगरपालिका–१६ बस्ने ५२ वर्षीय लालबहादुर विक, गोलबजार नगरपालिका–४ बस्ने ३८ वर्षीया फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ बस्ने ५४ वर्षीय बद्रिनारायण यादवको लहान अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा कुकर बम विस्फोट भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







