प्रदेश खेलकुद परिषद सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् (प्रखेप) सदस्य सचिवमामा तेज बहादुर गुरुङलाई नियुक्त गरेको छ ।

आइतबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद १४ ‘क’ बमोजिम गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेश समाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित तीन सदस्य सदस्य समितिले सिफारिस गरेपछि गुरुङ प्रदेश खेलकुद सदस्य सचिवमा नियुक्त भएका हुन् ।

नवनियुक्त सदस्य सचिव गुरुङले सदस्य सचिव भएर एक वर्षमात्रै काम गर्न पाउने छन् । प्रदेश सदस्य सचिवको चार वर्षे कार्यकाल भएपनि उनले ६० वर्षे उमेरहदका कारण एक वर्षमात्रै काम गर्न पाउने भएका हुुन् । उनी अहिले ५९ वर्षका छन् ।

छनोट समितिमा मन्त्री पुनसहित सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवर तथा खेलकुदकर्मीको तर्फबाट जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष दिलबहादुर गुरुङ सदस्य थिए । सदस्य सचिवकै लागि नवराज अधिकारीले समेत आवदेन दिएका थिए ।

पोखरा महानगरपालिका वडा नं १६ अर्मलाकोटमा जन्मिएका नवनियुक्त गण्डकी प्रदेश खेलकुदका सदस्य सचिव गुरुङ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष समेत हुन् ।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष हुन् । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सेभ दि मिसनको जिम्मेवारी समेत सम्हालेका थिए ।

गुरुङ आफैंमा ह्याण्डबल खेलाडी हुन् । पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्याण्डबलमा स्वर्ण पदक जिताउँदा कप्तानको भूमिकामा थिए । सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।