नेवाः खल जागरण मञ्च कास्कीमा राजेन्द्रमान श्रेष्ठ


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित




पोखरा । नेवाः खल जागरण मञ्च कास्कीको दोस्रो अधिवेसन तथा साधरणसभाले राजेन्द्र मान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ ,उपाध्यक्षमा दृेव कुमार श्रेष्ठ सचिवमा सन्तोष श्रेष्ठ, सह सचिवमा लक्षमण श्रेष्ठ, कोषाध्यक्षमा कल्पना श्रेष्ठलाई भएका छन् ।

यस्तै सदस्यहरुमा नन् वहादुर श्रेष्ठ ,मोहन प्रसाद श्रेष्ठ, विध्या श्रेष्ठ ,मिना श्रेष्ठ, बाबुकाजि श्रेष्ठ छन् । शनिबार पोखरामा सम्पन्न अधिवेशनले पुर्व अध्यक्ष पदेन सदस्य रहने गरि ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।

कार्यक्रममा नब निर्वाचित अध्यक्ष श्रेष्ठले नेवार जातिको धर्म सस्कृति परम्परा लाई रक्षा गर्नकै लागि अब देसै भरका नेवार जाति जुरुक्कै उठेर एकता बद्द हुनु पर्नेमा जोड दिनु दिए । नयाँ चयन भएको कार्यसमितिले कार्यकाल २ वर्ष हुने छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार जातिमा नेवारहरुलेनै पद र कुर्चिको मोहमा परि अन्य संस्था दर्ता गरेकोप्रति रोष प्रकट गरे उनले कुनैपनि हालतमा राजनीतिक रङ् दिन नहुने भन्दै पद र कुर्चिका लागि नयाँ संस्था दर्ता गर्दै जान नहुनेमा जोड दिए ।

पोखरामा नेवा सँग्राहालय स्थापना भएको जनाँउदै यसले नेवाहरुको प्रतिष्ठा बढेकोमा खुसि प्रकट गर्दै नयाँ कार्य समितिलाइ आगामि कार्यकालका लागि सफलताको शुभकामना दिंदै पुर्व कार्यसमिति लाई समेत धन्यवाद व्यक्त गरे।

काठमाडौंमा सडक विस्तार गर्ने नाममा सरकारले राष्ट्रिय पहिचान बोकेका कलात्मक घर र विभिन्न धार्मिक मठ मन्दिर भत्काउनुका साथै नेवार जातिलाइ नै सुकुम्वासि बनाएको आरोप लगाए । उनले सरकारले सर्वोच्चको आदेसलाइ समेत अवहेलना गरि नेवार समुदाय लाइनै विस्थापित गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा संस्थाका हालै निवर्तमान अध्यक्ष भएका राजेन्द्र शाई लगायत सहयोगि सदस्य तथा पदाधिकारी हरुलाई सम्मान गरिएको थियो


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।