साङ्केतिक तस्विर
पोखरा । पोखरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्
मंगलबार दिउँसो १ बजे सराङकोटबाट पोखरातर्फ आइरहेको ग १८ प ४८१४ नम्वरका मोटरसाइकल चालक माधव गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पर्वतको कुस्मा नगरपालिका–७ का गिरीको पोखरा–सराङकोट सडकखण्डस्थित गुम्बा नजिकै दुर्घना भएको थियो ।
मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा गम्भरि घाइते भएका गिरीलाई उपचारका लागि साहारा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
यस्तै सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँका ३२ वर्षिय गोबिन्द गिरी घाइते भएका छन् ।
घाइते गिरीको फिस्टेल अस्पताल गैह्रापाटनमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







