चट्याङ लाग्दा लमजुङमा एक विद्यार्थीको मृत्यु


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित




लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई जना गंभीर घाइते भएका छन् ।

त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विकको चट्याङ लागेर मृत्य भएको हो। उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार दिउँसो परेको चट्याङ लाग्दा लमजुङ क्ब्हाेंलासोथर गाउँपालिका–४, भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पढ्दै गरेका ३ विद्यार्थी घाइते भएका हुन्। उनीहरुलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो।

चट्याङ लागेर सो विद्यालयका कक्षा १० मा अध्ययनरत छविन्द्र गुरुङ र मनबहादुर गुरुङ गंभीर घाइते भएका छन् । उनीहरुको उद्धारबापत लाग्ने खर्च सो गाउँपालिकाले ब्यहोर्ने गाउँपालिका श्रोतले जनाएको छ।

उनीहरु विद्यालयको कक्षाकोठामै चट्याङ लागेर घाइते भएका र सोही कक्षामा रहेका अन्य विद्यार्थीलाई भने केही नभएको विद्यालय श्रोतले जनाएको छ। घाइतेको हातखुट्टा र शरीरको अन्य भागमा चोट पटक लागेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।