बलेवा। कालीगण्डकी नदीमाथि बनेको लामो पुल । सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारसँगा जोडिएको पाङ गाउँलाई जोडेकाले यो पुलको आफ्नै महत्व छ । ‘सिङ्गल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दाबी प्रस्तुत गरेको बागलुङ नगरपालिकाले यो पुललाई आफ्नै परिचय दिने अभियान पनि शुरु गरेको छ ।
पुलको बागलुङतर्फ नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिर, छेवैमा बन्दै गरेको बाङ्गेचौर रङगशाला, शालिग्राम बग्ने प्रसिद्ध कालीगण्डकीको महिमा र ज्योतिशहरूको गाउँ पाङलगायत महत्वपूर्ण क्षेत्रसँग जोडिएकाले यो पुलको विशेषता र महत्व निकै फराकिलो छ । पुललाई लामो पुलको रुपममा मात्रै परिचित गराउनुभन्दा आफ्नै नाम दिएर पर्यटन प्रबद्र्धनमा योगदान दिन नगरपालिकाले प्रक्रिया थालेको हो । पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि बागलुङ नगरपालिकाले छनोट समिति गठन गरेको छ । लामो झोलुङ्गे पुलको नामकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो ।
सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट आर्थिक सांकृतिक र अन्तर्राष्ट्रिय महत्व झल्कने हिसाबले उपयुक्त तीन नाम सिफारिस गर्न नगरले सिफारिस समिति बनाएको हो । नामकरण गर्नेलाई रु २५ हजार पुरस्कार दिइने नगर प्रमुख जनकराज पौडेलले दिएका छन् । सिफारिस समितिका संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहेका छन् ।
समितिको सदस्यमा सह–प्रध्यापक विष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी रहेका छन् । नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाइन र कार्यालयमार्फत दर्जनौं नाम प्राप्त भएका छन् । ती नामबाट छनोट समितिले तीन नाम नगरपालिकालाई सिफारिस गर्ने छ ।
एउटा उत्कृष्ट नाम नगरपालिकाले छनोट गरेर पुलको नामाकरण गर्ने नगर प्रमुख जनकराज पौडेलले बताएका छन् । पुलको नामकरण पश्चात् बागलुङको प्रचार र पर्यटनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटन पश्चात् आन्तरिक पर्यटकको रोजाइँमापर्ने गरेको छ । यो पुलमा दैनिक हजार बढी पर्यटक आउने गरेको नगरपालिकाको दाबी छ । पुलबाट देखिने हिम शृङ्खला, कालीगण्डकीको बहाव र हरियाली डाँडाकाँडाले शहरीया जनजीवनमा आत्तिएका आन्तरिक पर्यटकलाई भुलाउने गरेको छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन ५ पर्यटकको सहजताका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अमरसिंहचोकसम्म सञ्चालनमा ल्याइएको…





