फाइल तस्बीर
प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ।
प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकालेको कार्यसूचीमा जनाएको छ। कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधबार निधन भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






