नेपाल महिला संघ वडा ईकाइ बैदामद्धारा सम्मान


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित




नेपाल महिला संघ वडा एकाइ वडा नम्बर ६ बैदामले नेपाली कांग्रेसको जेष्ठ राजनीतिक सभा सदस्यमा मनोनित भएका पोखरा ६ बैदाम निवासी होमबहादुर लामिछानेसहित जिपी कोइराला फाउन्डेसन फर डेमोक्रेशी पिस एन्ड डेभलपमेन्ट क्षेत्रिय समिति क्षेत्र नं ३ कास्कीको क्षेत्रीय सदस्यमा मनोनित हरिशचन्द्र पहारीलाई सम्मान गरेको छ । महिला संघले शुक्रबार एक कार्यक्रम गरेर लामिछाने र पहारीलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।
प्रजातन्त्रका सेनानी समेत रहेका सम्माननित लामिछानेले पोखरा महानगर पालिका वडा न.६को वडा अध्यक्ष पदमा तीन पटकसम्म निर्वाचित भई वडामा विभिन्न सामाजिक कार्य गरेका थिए । पञ्चायत कालमा प्रतिबन्धित नेपाली कांग्रेसको सुरक्षा दस्ताको नेतृत्वमा रहेर भुमिगत अवस्थामा बिपि कोइराला लगाएतका नेताहरुलाई पोखरामा सुरक्षासमेत दिएका थिए । उमेरले ८७ बर्षमा लागेका लामिछाने अहिले पनि विभिन्न संघ संस्थामा सल्लाहकार छन् ।
सम्मानित होमबहादुर लामिछानेले राजनैतिक दलमा स्वच्छ सेवा मनले लाग्नु पर्नेमा जोड दिए ।
कार्यवाहक अध्यक्ष प्रभा पौडेल सुवर्दीले जेष्ठ नागरिकहरु देशका गहना भएको बताउँदै उहाँहरुकै सल्लाह र सुझावका आधारमा नेपाली काग्रेस अगाडी बढ्नु पर्ने बताए ।
प्रभा पौडेल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विपी चिन्तन प्रतिष्ठान बैदामका अध्यक्ष नेत्रपाणी न्यौपाने, सदस्यहरु हरिशचन्द्र पहारी, लोकराज पहारी, होमनाथ पहारी, गुणराज सापकोटा, काजीबहादुर खडका, पर्वतराज अधिकारी र महिला संघ वडा एकाइ बैदामका कोषाध्यक्ष शान्ति तिमिल्सीना, सदस्यहरु चन्द्रकला पहारी र तारा तिमिल्सीना लगाएतका वक्ताहरुले आफ्ना भनाईहरु राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।