साङ्केतिक तस्विर
पोखरा । नवलपुर र बाग्लुङमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
गएराती नवलपरासी पूर्वस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ५८ प ७०८८ नम्वरको स्कुटर दुर्घटना हुँदा कावासोतीका जिवन रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नवलपुरको कावासोती–२ का रानालाई राजमार्गको खरकट्टा जंगलमा स्कुटर सहित चालक लडिरहेको अवस्थामा उद्दार गरि पुरानो मेडिकल कलेज चितवन पठाइएको चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै शुक्रबार बाग्लुङमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन् ।
बाग्लुङ नगरपालिका– २ जिपपार्कबाट समिटचोकतर्फ जाँदै गरेको ग १७ प १२०४ नम्वरको मोटरसाइकले सोही स्थानमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट बाग्लुङकै देउरालीचोकका कृष्ण आचार्य घायते भएका छन् । घाइते आचार्यको धवलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुबै घटनाको अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







