पोखरा महानगरपालिका–७, मासबारको एक घरबाट नै गाडी चोरी भएको छ।
पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको बा ५ च १६८४ नम्बरको मारुती गाडी गएराति चोरी भएको हो।
पन्तका अनुसार गाडी ९ बजे पार्किङ गरेर पन्त घरभित्र पसेका थिए। पन्तले प्रहरीकहाँ खबर गरिसकेको जानकारी दिएका छन् । पन्तले मासबारमा किराना पसल संचालन गर्दै आएका छन्।
पन्तले उक्त कार कतै, कसैले देखे वा भेटेमा सूचना दिन फोन नम्बरसमेत दिएका छन्। पन्तको मोबाइल नम्बर ९८५६०१२२०० रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







