सरकारले न्युनतम पारिश्रमिक निर्धारण समितिमा ५ जना पत्रकारलाई नियुक्त गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रीस्तरीय निर्णय मार्फत पाँचै जनालाई समितिको सदस्यमा नियुक्ति दिएका मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रीस्तरीय निर्णयमार्फत उनीहरुले नियुक्ति पाएका हुन् ।नयाँ नियुक्ति पाउने पत्रकारहरुमा नवराज महतरा, बिमला पाण्डे, गिरु भण्डारी, गोपाल तिवारी र ऋषि श्रेष्ठ छन्।
यस पटक समितिमा नियुक्त नयाँ सदस्यहरु मोफसलबाट प्रतिनिधित्व गर्ने धेरै छन्। महतरा हुम्लाका हुन् भने पाण्डे सिन्धुली, भण्डारी प्युठान, तिवारी धादिङ र श्रेष्ठ भक्तपुरका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति…





