मनाङमा ट्रक दुर्घटना, तीनको मृत्यु , पाँच घाइते


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । मनाङमा भएको ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजेर ५० मिनेटमा बेशिसहरबाट मनाङतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्वरको ट्रक बेशिसहर चामे सडक खण्ड अन्र्तगत मनाङको खोत्रो भन्ने स्थानमा दुर्घटना भएको हो ।

मनाङको नासों गाउँपालिका– २ खोत्रो भन्ने स्थानमा भएको दुर्घटनामा नासों गाउँपालिका–४ की मनिषा गुरुङ (३५), निउन गुरुङ (६/७), र जलकासी गुरुङ (३६)को घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

ट्रकमा सवार चालक र सहचालक सहित अन्य ५ जनालाई उद्दार गरि उपचारका लगि लमजुङ पठाइएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकरी दिए ।

आठ जना सवार ट्रकले सिमेन्ट बोकेर मनाङका लागि छुटेको थियो । उकालोमा अनियन्त्रित भई ट्रक ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।