पोखरा । पोखराको सिमलचौरमा स्थित ला ग्राण्डी ईन्टरनेशनल कलेजमा सम्पन्न वार्षिक खेलकुद कार्यक्रम अन्र्तगत छात्रतर्फको फुटशल उपाधी वि.वि.ए. आठौँ सेमेष्टरले जितेको छ ।
फाइनल खेलमा वि.वि.ए. संकाय, दोस्रो सेमेष्टरलाई पराजित गर्दै आठौं सेमेष्टरले सो उपाधी जितको हो । प्रतियोगितामा म्यान अफ दि म्याच अतित गुरुङ्ग तथा सर्वाधिक स्कोरर साईमन गुरुङ्ग तथा वेष्ट किपर अनमोल गुरुङ्ग बन्न सफल भए ।
छात्रा तर्फ भएको फुटसल प्रतियोगितामा वि.पि.एच. संकायले प्रथम स्थान सुरक्षित गरे भने वि.वि.ए. आठौँ सेमेष्टरले द्वितीय स्थान प्राप्त ग¥यो । प्रतियोगितामा वि.पि.एच. संकायका सम्झना पौडेल वेष्ट प्लेयर घोषितहुन सफल भईन् ।
वार्षिक कार्यक्रम अन्र्तगतवि.सि.ए., वि.वि.ए.तथा वि.पि.एच. कार्यक्रमहरुका विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरु बीच विभिन्न खेलहरुमा प्रतिस्पर्धा भएको हो ।
छात्र व्याडमिण्टन तर्फ वि.वि.ए. आठौँ सेमेष्टरका अनमोल गुरुङ्ग र अतित गुरुङ्गको जोडी प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.वि.ए. छैठौँ सेमेष्टरका विश्व अधिकारी. र दिक्षांत पौडेलको जोडीले प्राप्त ग¥यो ।
त्यसैगरि छात्रा व्याडमिण्टनमा वि.सि.ए. चौंथो सेमेष्टरका आस्था श्रेष्ठ र सम्झानाको जोडी प्रथम तथा आठौँ सेमेष्टरका विद्यार्थीहरु शुसीला गुरुङ्ग र कुसुमको जोडीले द्वितिय स्थान हाँसिल गरे ।
बास्केटबल छात्र खेल तर्फ वि.वि.ए. छैठौँ सेमेष्टरका विद्यार्थीहरु प्रथम स्थान तथा द्वितीय स्थान वि.वि.ए. चांैथो सेमेष्टरका विद्यार्थीहरु भएका थिए । त्यसैगरी उक्त खेलमा वेष्ट प्लेयर डेबिड गुरुङ्ग तथा सरोज नेपालीले सर्वाधिक स्कोर गर्न सफल भए ।
छात्रा तर्फ भएको बास्केटबल खेलमा वि.वि.ए. आठौँ समेष्टरका विद्यार्थीहरुले प्रथम स्थान सुरक्षित गरे भने द्वितीय स्थानमा वि.वि.ए. चौंथो सेमेष्टरकै विद्यार्थीहरुले हासिल गरे । साथै वि.वि.ए. आठौँ सेमेष्टरका छात्रा सुशीला गुरुङ्ग वेष्ट प्लेयर तथा वि.वि.ए. चौंथो सेमेष्टरका छात्रा कसिस गुरुङ्ग सर्वाधिक स्कोरर हुन सफल भईन् ।
त्यसै गरी टेबलटेनिस छात्रा खेलतर्फ वि.सि.ए. दोस्रो सेमेष्टरका विद्यार्थीद्वय आश्था श्रेष्ठ र सिम्रन शिल्पकारको जोडी प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.वि.ए. आठौँ सेमेष्टरका विद्यार्थी शुसीला गुरुङ्ग र टेरिसा गुरुङ्गको जोडीले हासिल गर्न सफल भए ।
त्यसैगरी टेबलटेनिस छात्र खेलतर्फ वि.वि.ए. आठौँ सेमेष्टरका विद्यार्थीद्वय अनमोल गुरुङ्गको जोडी प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.वि.ए. चौथो सेमेष्टरका विद्यार्थीहरु कुशल देवकोटा र आषिश क्षेत्रीले पाउन सफल भए ।
चेश खेलतर्फ वि.वि.ए. दोस्रो सेमेष्टरका विद्यार्थी आशिष पौडेल प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.सि.ए. छैठौँ सेमेष्टरका विद्यार्थी आशिष बरालले हासिल गर्न सफल भए ।
चैत्र ४ गतेदेखि ७ गतेसम्म सञ्चालित कार्यक्रमको समापन समारोहमा सम्पूर्ण विजेता, उप–विजेता, सर्वाधिक स्कोरर तथा वेष्ट प्लेयरहरुलाई पुरस्कार, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।
स्वास्थ्य जीवन नै सफलताको सुत्र हो त्यसैले प्रत्येक विद्यार्थी खेलकुदमा सहभागी हनुपर्ने भन्दै कलेजका प्रिन्सिपल ई. किरण केसीले पुरस्कार तथा प्रमाण–पत्र वितरण समारोहमा आफनो मन्तव्य राख्नु भएको थियो ।
साथै, कलेजका निर्देशक, ई. शिवराज बरालले खेलले विद्यार्थीहरुको सर्वागिण विकास गर्ने भएकोले सहभागि सवैलाई धन्यवाद दिदै कलेजले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
आइएसओ ९००१ः२०१५ प्रमाणित तथा न्यू बेजनेश ऐजद्धारा नेपालकै सर्वोकृष्ट दश तथा गण्डकी प्रदेशको सर्वोकृष्ट विजनेश कलेजको पुरस्कार हात पार्न सफल उक्त कलेजमा हाल तीनै वटा संकायमा करिब ६०० विद्यार्थी अध्ययनरत छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







