पोखरा । गीताञ्जली साहित्य रत्न पुरस्कार यस वर्ष प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ ।
गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने पुरस्कारको राशी ११ हजार ५ सय रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।
त्यस्तै बाल साहित्य पुरस्कार दिपशिखा पौडेललाई र मुक्तकमणि राष्ट्रिय पुरस्कार शंकर ज्ञवालीलाई प्रदान गरिने भएको छ ।
प्रतिभा छनौट समितिका संयोजक डाक्टर जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो ।
आगामी चैत १४ गते एक कार्यक्रमका विच चार वटै पुरस्कार वितरण गरिने गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए ।
यस अघि गीताञ्जली साहित्य रत्न पुरस्कारबाट डाक्टर कुसुमाकर न्यौपाने, कवि तेजनाथ घिमिरे, रुद्रबहादुर थापा मगर हितानी, तारा पाखे, शरण आसु सम्मानित भईसकेका छन् ।
२०५८ सालमा स्थापित संस्थाले भाषा साहित्य संस्कृतिको जगेर्ना गर्दै बालबालिका युवायुवती, जेष्ठनागरिकलाई समेत आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गर्ने अवसर समान रुपले प्रदान गर्दै आएको छ ।
संस्थाले आफ्नो स्थापनादेखि अहिलेसम्म २२० औं साधना प्रभात नियमित रचनाबाचन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा…






