आर्मीको नक्कली सेनानी बनेर पोखरा अन्र्तराष्ट्रिय विमानस्थल छिर्ने पक्राउ


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित




नक्कली सहायक सेनानी बनेर पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल प्रवेश गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै नक्कली सहायक सेनानी बनेर निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल प्रवेश गर्ने मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ बस्ने १८ वर्षिय तेञ्जिङ तो गुरुङ भनिने विपिन लगुन विकलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै प्रवेश गरेका विकले शंकास्पद व्यवहार गर्न थालेपछि त्यहाँ खटिएको नेपाली सेनाको टोलीले चेकजाँच गर्दा नेपाली सेनामा कार्यरत नभएको र नक्कली सहायक सेनानी भएको पत्ता लगाएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विकलाई नेपाली सेनाको सहायक सेनानी दर्जाको दज्र्यानी चिह्न पोषाक (चुस्ता), बुट, श्री भगवती दल गण पोखरा लेखिएको परिचय पत्र १ थान र फ्लाई रोज लेखिएको कालो रंगको नक्कली वाकीटकी रेडियो सेट १ थान बोकेर हिंडिरहेको समयमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनलाई लिखत सम्बन्धी कसुरमा अनुसन्धान जारी राखिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।