सांकेतिक तस्विर
म्याग्दीमा पहिरोले पुरिएर १ जनाको मृत्यू भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङस्थित नया निर्माणाधिन निलगिरी हाइड्रोपावरमा काम गर्ने कञ्चनपुर जिल्ला लालझण्डी घर भएका ३३ वर्षिय हर्कबहादुर जेठाराको पहिरोमा पुरिएर मृत्यू भएको हो ।
बजार गएर बासस्थान फर्किदै गरेका जेठारालाई बाटो माथिबाट आएको ढुंगा माटोसहितको पहिरोले पुरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जेठारा पुरिएको खबर विहान ५ः५० बजे आएको र तत्काल गएर उनको शव उद्धार गरेर पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







