विश्व पानी दिवसमा सृजना माविमा चेतनामूलक कार्यक्रम


     एभरेस्ट आवाज    
     चैत्र ९ गते २०७७ मा प्रकाशित




पोखरा । विश्व पानी दिवसका अवसरमा सृजना आवासीय माध्यमिक विद्यालयले चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

पोखराको सृचनाचोकमा अवस्थित विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थीले २८ औं विश्व पानी दिवसको अवसरमा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले पानीको महत्व, स्रोतहरुको संरक्षण, जलवायू परिवर्तनले पारेको नकरात्मक प्रभाव लगायतका विषय झल्कने प्लेकार्ड, पोस्टर तथा तस्विरका माध्यम मार्फत चेतनामूलक कार्यक्रम गरेको कार्यक्रम संयोजक अभिषेक कुँवरले जानकारी दिए ।

विद्यार्थीहरुले पानीको सही सदुपयोग र पानीको स्रोतको संरक्षणका लागि गर्नुपर्ने कुरामा समेत जोड दिएका थिए ।

विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको छ । यस वर्षको पानी दिवसको नारा ‘मूल्यवान् पानी’ रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।