पर्वत । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
खानीगाउँ युवा समाजको आयोजना र नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले गरेका थिए ।
कार्यक्रममा ७५ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख पदमपाणी शर्मा, समाजका अध्यक्ष प्रकाश परियार, सचिव साजन परियार लगायतले रक्तदान र समाजले गर्न लागेको कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
साथै युवा समाजले फागु पूर्णिमाको अवसरमा आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै विविध सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाइएको छ ।
भेलिबाट समाजले आयोजना गर्न लागेको भलिबल तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको समाजका सदस्य सुरेश परियारले जानकारी दिए ।
भोलिबाट शुरु हुने कार्यक्रम आगामी चैत १४ गतेसम्म स्थानिय खानीगाउँमा सञ्चालन हुने परियारले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







