काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (मंगलबार) बाट त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश र कीर्गिजस्थानले प्रतिस्पर्धा गर्नेछ।
नेपालले फिफा विश्वकप छनोटको तयारी गरिरहेकै बेला विश्वव्यापी कोभिडको महामारीका कारण स्थगित भएपछि एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रतियोगिताको आयोजना गरेको हो।
प्रतियोगिता अन्तर्गत आज हुने उद्घाटन खेलमा बंगलादेश–कीर्गिजस्थान आमने–सामने हुँदैछन्।
प्रतियोगिताका लागि नेपाली टिमको कप्तानी भने गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सोमबार प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रतियोगितामा गोलकिपर किरणले कप्तानी गर्ने जानकारी दिए। प्रशिक्षक महर्जनले ३ महिनादेखि निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गरे।
नोभेम्बरमा बंगलादेशमा सम्पन्न २ मैत्रीपूर्ण खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपनि घरेलु मैदानमा भएकाले नेपाली समर्थकलाई टोलीले निराश नबनाउने प्रशिक्षक महर्जनको दाबी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







