लेखनाथको खास्टेतालमा पहिलो पटक महोत्सव हुन गइरहेको छ।
बिहीबारबाट सुरु हुने महोत्सवका लागि त्यहाँका स्थानीयवासीहरु यतिबेला उत्साहित बन्दै महोत्सवस्थलको सरसफाईमा जुटेका छन्।
खास्टेताल वरपरका स्थानीय आमा समूह, महिला समूह, टोलविकास संस्थाले आज (मंगलबार) महोत्सवस्थलको सरसफाई गरेका हुन्।
महोत्सव मूल आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारीको नेतृत्वमा पोखरा महानगर–२६ का वडाध्यक्ष नारायणप्रसाद बरालसहित महोत्सवस्थलको सरसफाईमा जुटेको महोत्सव प्रचार प्रसार समितिका संयोजक ईश्वरराज भण्डारीले जानकारी दिएका छन्।
संयोजक भण्डारीका अनुसार बिजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतनाका सैनिक जवानहरु, स्थानीय खास्टेताल आमा समूह, खास्तेताल महिला समूह, खास्टेताल टोलविकास संस्थालगायत अन्य सामाजिक संघसंस्था, युवा क्लब र व्यक्तिहरु सरसफाईमा जुटेका हुन्। पश्चिम पृतना बिजयपुरका सह–सेनानी सन्तबहादुर सिंहको कमाण्डमा ३० जनाको सैनिक टुकडी सरसफाईका लागि महोत्सवस्थल आइपुगेको भण्डारीले बताए।
सरसफाईमा डाँडाकोनाक प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक सन्तबहादुर रोको नेतृत्वमा १३ जना प्रहरी जवानहरु समेत जुटेको उनले बताए। उनका अनुसार स्थानीय ब्रह्माकुमारी राजयोग केन्द्रको तर्फबाट समेत सरसफाईमा सहभागिता जनाइएको थियो।
त्यहाँका स्थानीयहरुले खास्टेताल तथा न्यूरेनीतालमा रहेको फोहरजन्य वस्तु उठाउने र त्यसलाई व्यवस्थापन गर्ने लगायतको कार्य गरेको भण्डारीले बताए।
‘खास्टे जाँउ माछा खाँउ’ भन्ने मूल नारासहित खास्टे र न्यूरेनी तालको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले पहिलो पटक महोत्सव गर्न लागेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







