पोखराका पर्यटनकर्मीहरुले कास्कीको भुर्जुङखोला–घलेखर्क–तारा हिलटप–सिक्लेसम्मको पैदल यात्रा थालेका छन्।
उक्त पैदलमार्गको प्रबद्र्धन गर्न उनीहरुले मंगलबारदेखि पोखराबाट यात्रा थालेका हुन्।
अखिल नेपाल पर्यटन मजदुर संघको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरको अगुवाईमा पर्यटनकर्मीहरु २ रात र ३ दिनका लागि १५ जनाको टोलीले उक्त पदमार्गका यात्रा थालनी गरेका हुन्।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले पदयात्राको प्रबद्र्धन गरेको छ। बोर्ड कार्यालय प्रमुख काशीराज भण्डारी र बोर्डका पूर्व सदस्य एवं आन्तरिक पर्यटन पुनरुत्थान कमिटी गण्डकी प्रदेशका संयोजक अग्नि कंडेललगायतले पदयात्रामा निस्किएको टोलीलाई एक कार्यक्रमबीच पोखराबाट बिदाई गरेका हुन्।
पदयात्राका संयोजक प्रकाश ढुंगानासहित अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीका अध्यक्ष धनबहादुर लामा, माउण्डेनियरिङ एशोसिएसनका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्मा, अन्नपूर्ण प्रकृति संरक्षण आयोजना (एकयाप) र टान पोखराका प्रतिनिधिहरु छन्।
पदयात्राका टोलीले प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत नयाँ गाइड तथा सहयोगीहरुलाई पदमार्ग र यसको महत्व तथा इतिहास बुझाउने, बाटो झुक्किने ठाउँमा इनामेलबाट संकेत चिन्हहरु लगाउने, बाटोमा यत्रतत्र फालिएको प्लास्टिकजन्य पÞmोहोरहरु टिप्ने र उचित व्यवस्थापन गर्ने, स्थानीय सरोकारवाला तथा जनप्रतिनिधिहरुसँग अन्तक्रिया गर्नेछन्।
मंगलबार बेलुकी घलेखर्क पुगेको टोलीलार्ई घलेगाउँको आमा टोलीले स्वागत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







