खेलाडीको सारथी बन्दै राखेप सदस्य गुरुङ


     एभरेस्ट आवाज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित




पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले भलिबल खेलाडी विवेक सुनारको विद्यालयमा लाग्ने सबै शुल्क तिरिदिने भएका छन् ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा विहीबारदेखि शुरु भएको तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा खेल्न आएका शान्ता मावि भकुण्डेका भलिबल खेलाडी सुनारको खेल देखेर प्रभावित भएका गुरुङले सुनारको ३ वर्षसम्मको विद्यालय शुल्क तिरिदिने घोषणा गरेका हुन् ।

सुनार शान्ता मावि भकुण्डेमा कक्षा ११ मा अध्ययनरत छन् । सामुदायिक विद्यालय भएकाले मासिक ५ सय रुपैयाँ मात्रै शुल्क विद्यालयले लिने गरेको सुनारले बताएका छन् । त्यसका अलावा भर्ना शुल्कलगायत गरेर ३ वर्षको कुल ३६ हजार लाग्ने र सो रकम राखेप सदस्य गुरुङले तिरिदिने प्रतिबद्धता जनाएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

कास्की जिल्ला भलिबल संघले पनि भलिबलका कुशल खेलाडीको पहिचान गरि उनीहरुको अध्ययन खर्च बेहोर्ने नीति लिदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।