साङ्केतिक तस्विर
पोखरा । पोखराबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पोखराको ड्यामसाईड बस्ने हुमबहादुर गुरुङ ३६ लाई अबैध लागूऔषधसहित प्रहरीले मंगलबार अपरान्ह पक्राउ गरेको हो ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–३ घर भई ड्यामसाइड बस्दै आएका गुरुङको डेराबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले डाईजापान–१७ एम्पुल, फेनेरागन– ५१ एम्पुल र नुर्फिन– ५३ एम्पुल गरी १२१ एम्पुल लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा गुरुङको डेरामा खानतलासी गर्दा सो परीमाणको लागूऔषध सहित उनलाई पक्राउ गरिएको कास्की प्रहरी पवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी लागूऔषध सम्बन्धी कसूर अन्र्तगत अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।
यसअघि कास्की प्रहरीले चैत ९ गते पोखरा–३० ढुंगेपाटन, भुगोलपार्कबाट पनि दुई जनालाई ४५ एम्पुल लागूऔषधसहित पक्राउ गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







