कार्यकारी सम्पादक श्रेष्ठ प्रेस संगठन कास्कीको संयोजक


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित




एभरेस्ट एफएम तथा एभरेस्ट आवाजका कार्यकारी सम्पादक सन्देश श्रेष्ठ प्रेस संगठन नेपाल कास्कीका संयोजकमा चयन भएका छन्।

महेश्वर दाहाल नेतृत्वको प्रेस संगठन नेपालको केन्द्रीय कमिटीले श्रेष्ठलाई कास्कीक संयोजक तोकेको हो । प्रेस सेन्टरसँग आवद्ध जिल्लामा अन्य सबै सदस्यहरु छन्।

विगत लामो समयदेखि पोखरामा रहेर संचारकर्ममा क्रियाशील श्रेष्ठ हाल एभरेस्ट एफएम तथा एभरेस्ट आवाजका कार्यकारी सम्पादक तथा नागरिक पत्रिकाका पोखरा सम्वाददाता हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।