कोभिड–१९ का कारण विश्व नै आक्रान्त बन्यो। मान्छेले मान्छेलाई देख्दा भाग्नुप¥यो। एक स्थानबाट अर्को स्थान जान रोक लगाइयो। व्यापार, कलकारखाना, उद्योग धन्दा, विद्यालय, यातायातलगायतका सबै ठप्प भए। यो काहाली लाग्दो समय पार गर्दै अहिले पुनः सबै क्षेत्रमा चहलपहल बढ्न थालेको छ।
‘पहाडकी रानी’ बन्दीपुरमा पछिल्लो समय आन्तरिक एवं बाह्य पाहुनाको चहलपहलमा वृद्धि हँदै गएपछि होटल व्यवसायी खुशी भएका छन्। बन्दीपुरमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक हुने गरेको तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार एकाईका सभापति एवं होटल व्यवसायी बैश गुरुङले जानकारी दिए। दिनमा झण्डै ६÷७ सयका हाराहारीमा घुम्न आउने गरेपनि बास बस्ने पर्यटक भने कम रहेका छन्।
उनले भने, ‘होटलमा बास बस्नेको संख्या मुश्किलले डेढ दुई सय हुने गरेको छ।’ आन्तरिक पर्यटकको भीडमा न्यून संख्यामा ८÷१० बाह्य पर्यटक देखिन थालेपछि व्यवसायी उत्साहित भएको उनले बताए।
प्याराग्लाइडिङको रौनक
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको सो क्षेत्रमा एक पटक पुगेका पर्यटक पुनः दोहो¥याएर जाने गरेका छन्। बन्दीपुरको पाराग्लाइडिङ पर्यटकको रोजाइमा पर्न थालेपछि भीड बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए।
‘बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दै गएको र प्याराग्लाइडिङमा रमाउनेको संख्या पनि वृद्धि हुन थालेपछि व्यवसायी खुशी हुन थालेको छ’,उनले भने।
साहसिक पर्यटकका लागि बन्दीपुरको थानीमाई डाँडाबाट प्याराग्लाइडिङ गरी बन्दीपुर–२ स्थित भूमर्सेमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ। पोखराको ब्लु स्काइ कम्पनीले पर्यटकलाई ल्याएर प्याराग्लाइडिङ गराउँदै आएको बताइएको छ। दिनहुँ नभएपनि कुनैकुनै दिन २० देखि ५० जनासम्म पर्यटक ल्याएर प्याराग्लाडिङ गराउँदा बन्दीपुरमा छुट्टै रौनक थपिएको छ।
ब्लु स्काइले पर्यटकलाई प्याकेज बनाएर उडाउँने गरेको समितिले जनाएको छ। उक्त कम्पनीले ३ वर्ष अघिदेखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको समितिका अध्यक्ष प्रधानले बताए। विगत वर्षमा चीन, अमेरिका, फ्रान्स, इटाली, जर्मनीलगायतका पर्यटक आउने गरेकामा कोरोना भाइरसको प्रभावले गर्दा आन्तरिक पर्यटक मात्रै आकाशमा रमाउने गरेका छन्।
एक किसिमको हावा आइरहने भएकाले बन्दीपुर प्याराग्लाइडिङको लागि उपयुक्त स्थान मानिएको छ। बन्दीपुरको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाडाँकाँडा, सुन्दरबस्ती, टार, नदी, खोलाका साथै अन्य रमणीयस्थल देख्न सकिने भएकाले विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए। प्याराग्लाइडिङको आकर्षण बढाउन थानीमाई जाने सडकको स्तरोन्नति गरिएको छ।
उनले भने, ‘प्याराग्लाइडिङ स्थलसँगै मिनी ग्रेटवालका साथै साइकल लेन निर्माण सम्पन्न गरिएको छ ।’
दशैँसम्म केबुलकार …
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ।
दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो। पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार संचालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। उनका अनुसार बटम स्टेशनको काम सकिएको छ भने सामान पनि आइपुगेको छ। ‘दुई महिनाभित्र केबुलकारको टर्मिनल भवन पनि निर्माण सकिन्छ’, शर्माले भने।
कामले गति लिइरहेको बेला गत वर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएको थियो।
‘कोभिड महामारी नभएको भए यतिबेलासम्म केबुलकार संचालनमा आइसक्थ्यो’, उनले भने, ‘अब दशैँमा सञ्चालन गर्ने गरी तयारी गरेका छाँै।’

शर्माका अनुसार परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ। पहिलो चरणमा केबुलकार सञ्चालन र दोस्रो चरणमा क्विन टावर संचालन गर्ने योजना छ। पन्ध्र तल्ले क्विन टावरको सात तला ढलान सकिएको छ। बन्दीपुर केबुलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ। केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्नेछ। होटेलबाट सूर्योदय देख्न सकिनेछ। यहाँ सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बंगला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछन्। माथिल्लो स्टेशनमा निर्माण हुने क्विन टावरको लागत ८० करोड रुपैयाँ छ।
कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्वीङ, म्युजिकल वाटर शोसमेत बनाउने तयारी गरेको संचालक तारानाथ उपाध्यायले जानकारी दिए। परियोजनाले दशाँै हजार पर्यटक बन्दीपुरमा भित्राउने रणनीतिक योजना बुनेको कम्पनीको दाबी छ। बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन रहनेछ। ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २ सय जनाले वारपार गर्न सक्नेछन्।
एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ। ठूल्ढुंगास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाईसम्म पुग्नेछ। केबुलकारले एक किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ।
केबुलकार परियोजनाका लागि २ बैंकले कर्जा लगानी गरेका छन्। बैंकिङ पार्टनरको रूपमा नेपाल एसबीआई बैंक र एनएमबी बैंक लिमिटेड छन्। बन्दीपुर केबलकार एण्ड टुरिजमको लागत १ अर्ब ६६ करोड ८९ लाख रुपैयाँ रहेकोमा स्वपूँजी र कर्जा अनुपात ३९÷६१ रहेको छ।
परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







