सृजना मा.विको तहगत अतिरिक्त क्रियाकलाप सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र १३ गते २०७७ मा प्रकाशित




पोखरा । पोखराको सृजना आवासीय मा विले विभिन्न अतिरिक्त कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.विको व्यवस्थापनमा नेपाली कविता वाचन, निबन्ध लेखन र नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ९–१० का विद्यार्थी सहभागी नेपाली कविता वाचन प्रतियोगितामा सुमन काफ्लेले प्रथम स्थान हासिल गरे । यस्तै साजन पौडेल, दशर्न अधिकारी, विपिशा भट्टराईले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल भए ।

यस्तै निवन्ध लेखन प्रतियोगितामा कक्षा ६ का स्वस्तिका सिंह प्रनिशा गौडेल, दिप्सीका खड्का, समर्पण शमा कक्षा ७ का सोनिका सुवेदी, युजिन गुरुङ, सदिक्षा सिग्देल, सफल पौडेल र कक्षा ८ का शुभेक्षा खड्का, सौगात गिरी, सुष्मा पौडेल, निशान्त सिग्देलले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेको विद्यालयले जनाएको छ ।

सो प्रतियोगितामा कक्षा ६ देखि ८ कक्षासम्मका विद्यार्थी सहभागी भएको विद्यालयका शिक्षक तथा मिडिया संयोजक विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

त्यसैगरि शुक्रबार नै सम्पन्न हस्तलेखन प्रतियोगितामा कक्षा २ का सम्भवी जैसी, नितेश थापा, प्रसिद्धि क्षेत्री, सुवर्ण सुवेदी, कक्षा ३ का सम्भवी परियार, रविन्स खड्का, आदित्य पौडेल, जेनिशा श्रेष्ठ, कक्षा ४ तर्फ निकिता अधिकारी, निर्जना महतो, दिया महत, मानुषी चालिसे र कक्षा ५ का अपेक्षा अधिकारी, खुसी गुरुङ, स्मृति चपाई, सरस्वती आले मगरले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका छन् ।

विद्यालयका कक्षा २ देखि १० कक्षासम्म तहगतरुपमा सम्पन्न प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्रिन्सिपल डोलराज पाण्डेले पुरस्कृत गरे ।

विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले सक्रियता पूर्वक सहभागिता भएको प्रति खुशी व्यक्त गर्दै यसले विद्यार्थी तथा विद्यालयको शैक्षिक वातावरणमा पनि सकरात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।