प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।
पोखरा पर्यटन परिषद्ले संस्थामा आबद्ध पर्यटन व्यवसायीका लागि आयोजना गरेको दुईदिने ‘डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया’ तालीमको समापनमा सहभागी उनीहरुले प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने धारणा राखे।
सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख प्रमुख काशिराज भण्डारीले प्रविधिले छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताए। उनले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएकाले यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गरे।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालीममा परिषद्का संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्नसके व्यावसायिक सफलता हासिल गर्न सकिने बताए। कोभिड–१९ का कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै उनले अब प्रविधिका माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नवीनतम् सोचको खाँचो औँल्याए।
परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालीमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे।
तालीमका प्रशिक्षक पारस देवकोटाले सहभागीले डिजिटल र सोसल मिडियाबारे विभिन्न जिज्ञासासहित सहभागिता जनाएको बताए।
परिषद्सँग आबद्ध १२ संस्था करीब एक सय संख्याका पर्यटन व्यवसायीहरु तालीममा सहभागिता थियोे।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति…





