अनलाइन पत्रकार संघ गण्डकीको पदस्थापन गरिएको छ।
संघको साधारण सभा तथा प्रथम अधिवेशनबाट चयन भएका अध्यक्ष कमल सुवेदी लगायत पदाधिकारी र सदस्यहरुको शनिबार पदस्थापन गरिएको हो।
संघको फागुन २८ गते भएको अधिवेशनबाट अध्यक्षमा कमल सुवेदीसहित पदाधिकारी र सदस्यहरुको नयाँ कमिटी गठन गरिएको थियो।
अधिवेशनले उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिव सन्तोष बस्याल, कोषाध्यक्ष अनिता घिमिरेलाई चयन गरेको थियो। त्यस्तै, सदस्यहरुमा सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, अर्जुन थापा र राजु गिरी चयन भएका थिए।
पदस्थापन पश्चात बसेको संघको पहिलो बैठकबाट सल्लाहकारहरु समेत चयन गरेको छ। जसमा गणेश बराल, केशव पाठक, रामजीप्रसाद लम्साल, प्रकाश ढकाल, दिनानाथ बराल, सागरराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ कास्की शाखा रहेको छ। त्यस्तै, बैठकले २०७८ बैशाख १८ गते अन्तिम मिति राख्दै अनलाइन सञ्चारमाध्यममा आवद्ध पत्रकारलाई नयाँ सदस्यता आह्वान समेत गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







