पोखरामा श्रीमान्को कुटाईबाट घाइते भएकी महिलाको मृत्यु


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा । पोखरामा श्रीमान्को कुटाईबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरा–२६ बरालडाँडाकी वर्ष ४० की देवी जिसी विकको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार श्रीमान् देवबहादुर बिकले मादक पदार्थ सेवन गरि कुटपिट गर्दा घाइते भएकी थिइन् । घाइते देवीलाई शनिबार नै सामान्य उपचार पश्चात घर लगिएको थियो । उनको टाउको र खुट्टामा चोट लागेको थियो ।

आइतबार अचेत भएपछि उनलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटना तगत्तै उनका ४९ वर्षिय श्रीमान्लाई पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अघि बढाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।