चैत १५ पोखरा । लेखनाथमा रहेको बि.टी. ट्रेनिङ सेन्टरले होली पर्व मनाएको छ । सेन्टरले आफ्ना खेलाडीहरुसँग आपसी मेलमिलाप र सद्धावनाको पर्व होलीको मनाएको हो ।
लेखनाथलाई केन्द्रबिन्दु बनाएर फुटबलको क्षेत्रमा नयाँ आयाम कोर्नको लागि विगत लामो समय देखि ट्रेनिङ सेन्टर संचालन गरेको प्रशिक्षक बिनोद थापाले बताए । अहिले सम्म ट्रेनिङ सेन्टर बाट उत्पादन भएका खेलाडीहरुले बिभिन्न क्लवहरु बाट खेल खेली सकेका छन् भने राष्ट्रिय स्तरको बि. डिभिजनको क्लबमा समेत आफ्नो खेल प्रर्दशन गरि सकेका छन् ।
खेल जिवनमा आपसी मेलमिलाप भाईचाराको महत्व हुने र होली पर्व पनि यसको एउटा उदाहरण भएका कारण होली पर्व खेलाडीहरु सँग मनाएको बि.टी. ट्रेनिङ सेन्टरकी व्यवस्थापक सम्झना थापाले बताइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







