पूर्वकप्तान विराज महर्जनले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास


     रासस    
     चैत्र १६ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।

उनले आजको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरेका थिए । पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा आज भव्य रुपमा बिदाइ गरिएको छ ।

बङ्गलादेश विरुद्धको खेलमा उनी खेलको ८९औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

उनले नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी हुन । महर्जनले ७३ खेल खेले ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।