पर्वतले जित्यो राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७७ मा प्रकाशित




पर्वतले राष्ट्रिय सभा अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा सोमबार सम्पन्न प्रतियोगितामा जिल्ला भलिवल संघ पर्वतको समूहले बागलुङ भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको हो।

पर्वतले ३–१ को सेटमा बागलुङलाई पराजित गरेको हो। प्रतियोगितामा म्याग्दी भलिबल संघ तेस्रो बनेको छ। तेस्रो स्थानको खेलमा स्याङ्जालाई ३–१ को सेटले पराजित गर्दै म्याग्दी तेस्रो बनेको हो।
जीतसँगै पर्वत भलिबल संघले १ लाख ५० हजार, दोस्रो बागलुङले १ लाख र तेस्रो भएको म्याग्दीले ५० हजार रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

चैत १३ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ५ जिल्लाको सहभागिता थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीको विकास र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको प्रचार प्रसार संयोजक रमेश केसीले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।