न्यू डायमण्ड स्पोर्टस् क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई सोझो सेटमा पराजित गरेको हो।
पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटनलाई २५–६ २५–२ र २५–५ को सेटमा हराएको हो ।
यस्तै, पुरुषतर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सेटमा हराएर पुलिसले सुखद शुरुवात गरेको छ। राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको पुलिसले नयाँबजारलाई २५–९, २५–२१ र २५–१६ को सेटमा हरायो। प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द तथा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यू डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन्।
नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा हुनेछ र लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन्। यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ७६ हजार र चौथोले ३७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं…







