कप्तान किरण एसियाकै साताको उत्कृष्ट खेलाडी


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित




नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन्।

किरण सर्वाधिक भोटका आधारमा ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका हुन्। अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्वाधिक भोट पाएका छन्।

किरणले सर्वाधिक प्राप्त मतमध्ये ५५.६९ प्रतिशत मत बटुल्दै किरणले ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ को उपाधि जितेका हुन् ।

दोस्रो स्थानमा साउदी अरेबियाका सालेह अल सेहरी रहे। उनले २०.७२ प्रतिशत भोट प्राप्त गरे। तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए।

सूचीमा किरण, सालेह र अलासहित यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका थिए।

एएफसीले गत साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनको आधारमा १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो। गत बिहिबार एएफसीले किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।