पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी भएकी छन् । बिहीबार सम्पन्न मतगणनामा भण्डारीले अध्यक्षका प्रत्यासी केशव शरण लामिछानेलाई ५३ मतले पराजित गरेकी हुन् । भण्डारीको पक्षमा १७४ मत खसेको थियो भने लामिछानेले १२१ मत प्राप्त गरेका छन् ।
भण्डारीलाई प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल समूहनिकट प्रेस चौतारी गठबन्धनले साथ दिएको थियो । लामिछाने प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनको नेतृत्व गर्दै अध्यक्षको उमेद्वार भएका थिए ।
यस्तै उपाध्यक्षमा भण्डारी प्यानलका रामप्रसाद तिमिल्सिना बिजयी भए । उनले लामिछाने प्यानलका अर्जुन गिरीलाई ५० मतले पराजित गरे । तिमिल्सिनाले १७४ मत ल्याउँदा गिरीले १२२ मत ल्याएका थिए ।
यस्तै महिला उपाध्यक्षमा लामिछाने प्यानलकी जमुना वर्षा शर्माले भण्डारी प्यानलकी रविना आलेलाई पराजित गरिन् । शर्माले १५१ र आलेले १४३ मत प्राप्त गरेकी छन् ।
सचिवमा लामिछाने प्यानलकै माधव बरालले भण्डारी प्यानलका दीपक परियारलाई १४ मतले पराजित गरे । बरालको पक्षमा १५५ र परियारको पक्षमा १४१ मत खसेको थियो ।
सह–सचिवतर्फ भण्डारी प्यानलका श्रीराम सिग्देलले लामिछाने प्यानलका मानबहादुर घर्ति (एमबी आस्था)लाई ६२ मतले पराजित गरे ।
यस्तै सह–सचिव समावेशी तर्फ भण्डारी प्यानलका रेम बि.क विजयी भए । रेमको पक्षमा १६८ मत खस्यो भने दीपकको पक्षमा १२४ खसेको थियो । लामिछाने प्यानलका दीपक कुमार श्रेष्ठ ४४ मतले पराजित भएका हुन् ।
कोषाध्यक्षमा कृष्ण दवाडी विजयी भए उनले एकराज गिरीलाई ६४ मतले पराजित गरे । प्रेस सेन्टरनिकट दवाडी भण्डारी प्यानलबाट उमेद्वार बनेका थिए भने प्रेस चौतारी निकट गिरी लामिछाने प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए ।
यस्तै कञ्चन थापा, गीता रान मगर, धनबहादुर गुरुङ (सुमन), प्रभु अधिकारी, शिवराज बस्ताकोटी, सन्तोष सुबेदी, सन्तोष बस्याल, युवराज गुरुङ (यूनिस) र हरि पन्त बिजय भए ।
यस्तै सपना अधिकारी, विजय नेपाली, पदम श्रेष्ठ र जैनव खातुन निर्वाचित भएका छन् । बुधबार भएको महासंघको निर्वाचनमा कास्कीका ३०५ जना पत्रकारले मतदान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







