महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित




महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको हो।

आइतबार मूलपानीमा बसेको क्यानको बैठकले यसअघि पुरुष राष्ट्रिय टिमको प्रशिक्षक रहेका टमाटालाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।

नेपालले नामिवियासँग वान डे सिरिज खेल्दै

यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ।

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने जनाएको हो। क्यानको कार्यालय मुलपानीमा बसेको बैठकले आगामी मे महिनाको तेस्रो साता नामिबियासँग एकदिवसीय क्रिकेट सिरिज सञ्चालनका लागि तयारी गर्ने निर्णय गरिएको जनाएको हो।

त्यसअघि नेपालले घरेलु मैदान नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ। टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।