क्षेत्री समाजका अध्यक्ष प्रा.डा.क्षेत्रीलाई कोरोना


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्री कोरोना संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण पुष्टी भएको क्षेत्री समाज नेपालका महासचिव केशबहादुर केसीले जानकारी दिएका हुन् ।

ईतिहासकारसमेत रहेका अध्यक्ष प्रा.डा.क्षेत्री हाल होम आइसोलसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्ण थापाले जानकारी दिए । उनले अध्यक्ष प्रा.डा.क्षेत्रीसँग केहि दिन यता सम्पर्कमा रहेकाहरुलाई विशेष सतर्कता अप्नाउनसमेत आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।