फाइल तस्विर
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नयाँ सोच र शैलीका साथ ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न एकीकृतरुपमा लाग्न आग्रह गरेका छन् ।
नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले व्यक्तिलाई भन्दा राष्ट्रलाई बलियो बनाउने गरी द्रुतत्तर विकासका काममा सबै निकायले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
नेपाल सरकारका प्रवक्ता गुरुङले दक्षिण एशियामै नागरिक खुशी हुने सूचीमा नेपाल अग्रणी रहेको र यस वर्ष नेपाल सरकारले हासिल गरेका उपलब्धिको सूचकको जगमा उभिएर कोभिड–१९ को जोखिमलाई सामना गर्दै नयाँ वर्षमा थप प्रगति हासिल गर्नु सबैको चुनौती भएको उल्लेख गरे ।
मन्त्रालयका उच्चाधिकारी र मातहतका निकायका प्रमुखसहित आयोजित कार्यक्रममा मन्त्री गुरुङले भने, “भोलिका सन्ततिले अनुशरण गर्ने खालका कामलाई नयाँ वर्षमा निरन्तरता दिनुहोला । अनुशरण नगर्ने खालका खराब कामलाई आजैदेखि छाडिदिनुहोला ।”
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नयाँ वर्षमा थप प्रगति हासिल गर्न शुभकामना दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







