त्रिदेशीय शृंखलामा नेदरल्याण्डले नेपाललाई पराजित गरेको छ।
उसले नेपाललाई ३ विकेटले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो।
सन्दीप लामिछानेले गरेको १८ औँ ओभर नेदरल्याण्डका लागि टर्निङ प्वाइन्ट बन्यो। सन्दीपको एकै ओभरमा पिटर सिलरले ३ छक्का हिर्काएका थिए।
नेदरल्याण्डको जितका लागि बास डी लिड नायक बने। उनले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै सर्वाधिक ८१ रन बनाए। बेन कुपरले ५५ र सिलरले ३१ रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ४६ बलमा ८ चौका र १ छक्का हिर्काए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिए। उनले यसक्रममा ३ चौका र ५ छक्का हिर्काए। सोमपाल कामी ले २१ र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए। नेदरल्याण्डका लागि भिभियन किङ्मा र पिटर सिलारले २/२ विकेट लिए ।
कुशल मल्ल्ले १८ रनको योगदान गरे। विनोद भण्डारी ७, करण केसी १ बनाए। आशिफ शेख भने शून्य रनमा आउट भए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







