अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो


     रासस     
     वैशाख ८ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । नागपोखरीस्थित मेरियट होटलमा भएको वार्ताका विषयमा दुबै पक्षबाट कुनै जानकारी दिइएको छैन ।

सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको स्रोतले जानकारी दियो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात दबैपक्षबीच संवाद हुन सकेको थिएन ।

यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।