इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोर अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ।
विहीबार राति भएको खेलमा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित दर्ता गर्दै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।
१७८ र नको लक्ष्य पछ्याएको बैंग्लोरले १६.३ ओभरमै लक्ष्य पूरा गरेको थियो। बैंग्लोरका लागि कप्तान विराट कोहली र देवदत्त पडिकलले उत्कृष्ट पारि खेले। पडिकलले शतकीय पारि खेल्दा कोहलीले अर्धशतकीय पारि खेलेका थिए।
शुरुदेखि नै राजस्थानविरुद्ध आक्रामक पारि खेलेका पडिकलले ५२ बलमा १०१ रनमा नटआउट रहे। उनले ६ छक्का र ११ चौका प्रहार गरेका थिए। यस्तै, कप्तान, कोहलीले ४७ बल खेल्दा ७२ रन बनाए। उनले ३ छक्का र ६ चौका प्रहार गरे।
टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७७ रनको स्कोर गरेको थियो। राजस्थानका लागि शिबम् दुवेले सर्वाधिक ४६ रन बनाउँदा राहुल टेवाटियाले ४० रनको योगदान दिए। यसैगरी रियान परागले २५ रन जोड्दा कप्तान सन्जु सामसनले २१ रन थपे। बैंग्लोरको मोहमद सिराज र हर्सल पटेलले ३÷३ विकेट लिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







