जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा ओहायोकी हरिमाया पहिलो


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७८ मा प्रकाशित




ओहायो एजुकेशनल इन्स्टिच्युटकी हरिमाया गुरुङ भाषा संघ नेपाल (ल्यान) ले पोखरामा हालै आयोजना गरेको जापानी भाषा वक्तृत्वकला प्रतियोगिता (जापानिज स्पीच कन्टेस्ट प्रोग्राम) मा प्रथम भएकी छन्।

हरिमायाले ३० हजार नगदसहित अन्य आकर्षक पुरस्कार जितेकी छन्।

प्रतियोगितामा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी प्रालिका लक्ष्मण पुरी दोस्रो हुँदै नगद २० हजार सहित अन्य आकर्षक पुरस्कार हात पारे।

त्यस्तै, प्रतियोगितामा नमस्ते एजुकेशन इन्स्टिच्युट प्रालिकी लक्ष्मी गुरुङ तेस्रो बन्दै नगद १० हजार सहित अन्य आकर्षक पुरस्कार हात पारिन्।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, डा. सरोज कोइराला, कार्यक्रम मूल संयोजक बिक्रम उदास र (भाषा संघ नेपाल –ल्यान) का अध्यक्ष प्रकाशकुमार श्रेष्ठलगायतले विजेताहरुलाई पुरस्कार वितरण गरे। दुई जापानीलगायत ३ जना निर्णायक मण्डलले उनीहरुलाई विजेता घोषणा गरेका हुन्। भाषा संघ नेपाल (ल्यान)का महासचिव मोतीप्रसाद श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।