पत्रकार हरि बाँस्तोला सहित सात सम्मानित


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७८ मा प्रकाशित




पोखरा । पत्रकार हरि बास्तोला सहित विभिन्न सात व्यक्तित्व आज पोखरामा सम्मानित भएका छन् ।
माझठाना पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा एवम् तेश्रो अधिवेशनको अवसरमा पत्रकार बास्तोला सम्मानित भएका हुन् ।

सम्मानित पत्रकार बास्तोला राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालय पोखरामा कार्यरत सहायक समाचारदाता हुन् ।

यस्तै पोखरा—२८ माझठानामा जन्म भई हाल विभिन्न सामाजिक तथा पेशागत क्षेत्रमा रहेर समाजका लागि योगदान पु¥याएकामा प्राध्यापक डा. मानबहादुर के.सी, डा.निर्मल लामिछाने, पत्रकार केशवशरण लामिछाने, खिमबहादुर गुरुङ, सूर्यप्रकाश तिवारी र गणेश सुनार सम्मानित भएका थिए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सम्मानित व्यक्तिहरुलाई खादा र सम्मानपत्रले सम्मान गर्दै व्यक्तिको सिप र क्षमताको पहिचान गरी समाज विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती वनेको कोभिड–१९ को पोखरामा दोश्रो लहरको सङ्क्रमण बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकायहरु यसको रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमताका साथ लाग्न उहाँले अपिल गरे।

सम्पूर्ण पोखरेलीहरुले कोरोनाका हेलचक्राई नगरी स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णरुपमा पालना गरी सतर्कता अपनाउनुहुन आग्रह गरे ।

कार्यक्रममा मेयर जिसीले समाजद्धारा प्रकाशित नववर्ष २०७८ को भित्तेपात्रोको लोकार्पण समेत गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली र १२ वडाध्यक्ष रामबहादुर कार्कीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सवैको साथ र सहयोगको आवश्यकता औल्याए ।

कार्यक्रम समाजका अध्यक्ष दुर्गादत्त भुर्तेलको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।